Logo

संसद् चलाउन र प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाउन अध्यक्ष तिमिल्सिनाको आग्रह



काठमाडौं, २२ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् चलाउन र प्रधानमन्त्री पुष्पकमल दाहाललाई जवाफ दिने वातावरण बनाउन आग्रह गरेका छन्।

शुक्रबार राष्ट्रियसभामा एमालेले संसद् अवरोध गर्दैगर्दा अध्यक्ष तिमिल्सिनाले विपक्षी दलहरूलाई संसद् चलाउन र प्रधानमन्त्री दाहाललाई जवाफ दिने वातावरण बनाउन आग्रह गरेका हुन्।

अध्यक्ष तिमिल्सिनाले भने, ‘लगातार तीन दिनदेखि प्रधानमन्त्रीसँग जोडिएको विषयमा प्रश्न राख्दै आउनुभएको छ। प्रधामन्त्रीज्यूलाई प्रधानमन्त्री नेपालको संसद्ले बनाउँछ कि अरु कसैले बाहिरबाट भनेर प्रश्न सोध्न चाहन्छु पनि भन्नुभएको छ। यसको उत्तर दिनपनि यहाँहरू बसेर प्रधानमन्त्रीलाई बोल्न दिने वातावरण बनाउनुपर्ने हुन्छ। संसद् सुचारु गरौं । प्रधानमन्त्रीज्यूलाई जवाफ दिने वातावरण बनाऔं।’



प्रतिक्रिया दिनुहोस्