Logo

ललिता निवास प्रकरण : पक्राउ परेकाको रिटमा विपक्षीलाई बोलाउन आदेश



काठमाडौं, २२ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको मुद्धामा विपक्षीहरूलाई बोलाउन आदेश दिइएको छ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजालासले विपक्षीहरूलाई बोलाउन आदेश दिएको हो।

सो प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधीरकुमार शाह र धर्म प्रसाद गौतमले दायर गरेको मुद्दा र केन्द्रीय अनुसन्धान ब्युरोले दर्तागरेको भ्याकेट निवेदनमा विपक्षीलाई बोलाएरसँगै राखि सुनुवाइ गर्ने आदेश दिएको हो।



प्रतिक्रिया दिनुहोस्