काठमाडौं, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले वर्तमान सभामुख बाबुराम गौतमले राजीनामा दिनुनपर्ने दाबी गरेका छन्।
शुक्रबार पद तथा गोपनियताको शपथपछि सञ्चारकर्मिसँग कुरा गर्दै उनले वर्तमान सभामुख गौतमले राजीनामा दिनुनपर्ने र ३० दिनभित्र विश्वासको मत लिने दाबी गरेका हुन्।
‘३० दिनभित्र विश्वासको मत लिन्छौं, त्यसका आधारहरु बन्दैछ,’ उनल भने,‘सभामुखले राजीनामा दिनुपर्दैन।’
यस्तै, उनले पहिचानको मुद्दालाई वार्ता कमिटी गठन गरेर सम्बोधनको प्रयास गर्ने बताए।