काठमाडौं, २२ असार । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरूद्ध मुद्दा दर्ता गराएकी छिन्।
नेतृ आरजुले स्वतन्त्र सांसदविरूद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गराएको र उक्त मुद्दाको सुनुवाई असार २४ गते हुँदैछ।
सांसद आरजुले आफूलाई प्रतिनिधिसभाको बैठक र अन्तर्वाताहरूमा विभिन्न आरोप लगाएको भन्दै मानहानीको मुद्दा दायर गरेकी हुन्।