Logo

भायनेटको नवीकरण अफर : वार्षिक सदस्यतामा २ महिना नि:शुल्क



काठमाडौं, २२ असार । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकका लागि नवीकरण अफर ल्याएको छ।

अफर अन्तर्गत भायानेटको कुनैपनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर, ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्ने जनाएको छ।

यो अफर असार २०८० सम्ममात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

नवीकरण अफरले बिषेश गरेर भायानेटको ग्राहक सन्तुष्टि र विद्यामान ग्राहक प्रतिको उत्तरदायित्व निर्वाहको लागी कम्पनीले चालेको सकारात्मक कदमलाई बुझ्न सकिन्छ। यसरि यस अफरमार्फत विद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्ने कम्पनीले दाबी गरेको छ।

भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट घर-घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सकृय ग्राहक सपोर्टको लागि प्रख्यात रहेको कम्पनीको दाबी छ।



प्रतिक्रिया दिनुहोस्