काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले एमालेलगायतका दलहरूको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको र अहिले आएर राजीनामा माग गर्नुको कुनै औचित्य नभएको दाबी गरेका छन्।
शुक्रबार संसद् बैठक स्थगित् भएपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै सचिव पौडेलले अहिले आएर प्रधानमन्त्रीको राजीनामा माग्नुको कुनै औचित्य नभएको दाबी गरेका हुन्।
उनले एमालेलगायतका दलहरूको समर्थनमा नै प्रचण्ड प्रधानमन्त्री बनेको हुँदा अहिले अभिव्यक्तिका आधारमा उनको राजीनामा माग गर्नुको कुनै औचित्य नरहेको जिकिर गरे।
यस्तै, उनले कुनै लेखकले लेखेको कुरालाई प्रधानमन्त्रीले अभिव्यक्त गर्दा जनतामा एमालेले भ्रम छर्न खोजेको आरोप लगाए।