Logo

प्रधानमन्त्री प्रचण्डले ‘रअ’ का प्रमुखसँग गोप्य भेटवार्ता गरेको ओलीको आरोप



काठमाडौं, २२ असार । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जाँदा ‘रअ’ का प्रमुखसँग गोप्य भेटवार्ता गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूले नेपाल आएको बेलामा ‘रअ’ का प्रमुखसँग सार्वजनिक रुपमा भेटवार्ता गरेको भन्दै प्रचण्डले भारत गएको बेला गोप्य भेटवार्ता गरेको आरोप लगाएका हुन् ।

‘भारतबाट ‘रअ’ का प्रमुख नेपाल आए । म सँग भेट्छु भने । मैले भेट दिएँ । त्यो कुरा कुनै गोप्य होइन, सार्वजनिक ढंगले भेटँे, सार्वजनिक ढंगले कुरा गरँे र सार्वजनिक ढंगले विदा गरेँ । यसपल्ट प्रचण्ड जी दिल्ली जानुभयो । उनको निवासमा गएर लुकेर भेट गरेर गोप्य निमन्त्रणा गरेर आउनु भयो । मैले भएर भेट गरेको होइन । मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्