Logo

आजपाको आईटी आर्मीले काठमाडौंमा गर्‍यो प्रदर्शन (फोटोफिचर)



काठमाडौं, २२ असार । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ।

वैदेशिक रोजगारमा भइरहेको ठगी रोक्न तथा ठग मैनपावर र एजेंटलाई कारबाहीको माग गर्दै आईटी आर्मीले कोटेश्वर-बालकुमारी क्षेत्रमा प्रदर्शन गरेको हो।

आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहको नेतृत्वमा भएको प्रदर्शनमा कामदार लुटन पाइदैन, भ्रष्ट मैनपावर चाहिँदैन, फ्रि भिसा-फ्रि टिकट लागू गर, भ्रष्ट मैनपावर कम्पनीलाई खारेज गरलगायतका नाराहरू लगाइएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot