Logo

माधव नेपाल दोषी भए कारबाही हुनुपर्छ, हामी सरकारकोविरुद्ध रोडमा आउँदैनौंः प्रेम आले



काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले ललिता निवास प्रकरणमा माधव नेपाल दोषी पाईए कारबाही हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उक्त मुद्दामा मुछिएकाहरु दोषी पाइए कारबाही गरिनुपर्ने बताएका हुन् ।

‘फाईलहरु खोल्नुपर्छ । अपराधीहरुलाई कठघरामा हाल्नुपर्छ, जाक्नुपर्छ । उहाँ (माधव नेपाल) को कुरा उठेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको कुरा उठेको छ । भाटभटेनीको सञ्चालकलाई समातिसकेको अवस्था छ । जोसुकै होस्, दुधको दुध पानीको पानी हुनुपर्छ । सरकारको विरुद्धमा मुर्दावाद भनेर हामी रोडमा आउँदैनौं । यदि उहाँ दोषी हुनुहुन्छ भने उहाँलाई पनि कारबाही हुनुपर्छ । म दोषी छु भने मलाई पनि कारबाही गर्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्