Logo

वाईसिएल इन्चार्जको प्रश्नः ‘विष्णु पौडेलको छोराको नाममा ललिता निवासको जग्गा पास भएको र फिर्ता गरिएको प्रमाण होइन् ?’



काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) का इन्चार्ज रामप्रसाद सापकोटा  ‘दीपशिखा’ ले भ्रष्टाचार मुद्दामा आफ्ना नेताहरु भटाभट तानिन थालेपछि एमाले आत्तिएको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा संवाद गर्दै उनले भ्रष्टाचार काण्डमा एमालेका धेरै नेताहरु संलग्न रहेको र उनीहरु तानिने सम्भावना बढ्दै गएपछि उनीहरु आत्तिएको बताएका हुन् ।

‘भ्रष्टाचारका फाइल भटाभट खोलेपछि उहाँहरु (एमाले नेता) आत्तिनु भयो । उहाँहरुका धेरै नेताहरु संलग्न हुनुहुन्छ । तपाईँ हामीले सार्वजनिक रुपमा सुनेका छौं नि, ७० करोड काण्ड सुनेका छौं । ओम्नी सुनेका छौं । यती सुनेका छौं । ललिता निवासमा को जोडिए भन्ने हामीले सुनेका छौं, वाईटवडी । दुई वटा त प्रमाण नै छ नि त,’– उनले भने ।

ललिता निवास प्रकरणमा विष्णु पौडेल संलग्न रहेको कुरा आरोपमात्रै नभएर तथ्य प्रमाण नै रहेको उनले बताए । त्यसैगरी, गोकुल बास्कोटाको ७० करोड अडियो प्रकरण पनि आरोपमात्रै नभए तथ्य नै भएको उनको दाबी छ ।

‘ललिता निवासको जग्गा विष्णु पौडेलको छोराका नाममा पास भएको र फिर्ता गरिएको यो प्रमाण होइन् ? यो त आरोप होइन नि त । तथ्य हो नि । ७० करोडको अडियो बाहिर छ नि त अहिले पनि । सरकारले कारबाही गर्दै छ । त्यहीभएर त आत्तिनु भयो त । उहाँहरु संसद् अवरुद्ध गर्दै हुनुहुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot