Logo

समाजवादी मोर्चाको पहिलो बैठक बस्दै



काठमाडौं, २३ असार । ४ दल मिलेर गठित समाजवादी मोर्चाको बैठक बस्दैछ।

बैठक एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा अपरान्ह ४ बजेदेखि बस्दैछ छ।

बैठक मोचा गठनपछिको पहिलो भएको र पहिलो बैठकमा संगठनात्मक र राजनीतिक अवधारणाको बारेमा छलफल हुने बताइएको छ।

यस्तै, बैठकमा मोर्चाको संयोजकको विषयमा पनि छलफल हुने बताइएको छ।

मोर्चामा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेकपा रहेका छन्।

file photo



प्रतिक्रिया दिनुहोस्