Logo

नारायणगढ-मुग्लिन सडक अवरुद्ध



काठमाडौं, २३ असार । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए।

पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए। रासस

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot