Logo

संसदीय मोर्चामा एमाले फस्यो : उपाध्यक्ष पाण्डे



काठमाडौं, २३ असार । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसदीय मोर्चामा एमाले फसेको आरोप लगाएका छन्।

शनिबार ४ दलीय समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उपाध्यक्ष पाण्डेयले संसदीय मोर्चामा एमाले फसेको आरोप लगाएका हुन्।

उनले भने, ‘संसदमा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो। के बोलेको हो तपाईंले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेसन माग्न सकिन्थ्यो। तर उहाँहरुले पहिल्यै राजीनामा माग्नुभयो। मलाई लाग्छ, एमाले पार्टी फस्यो, संसदीय मोर्चामा। यो गलत काम हो।’



प्रतिक्रिया दिनुहोस्