Logo

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा



काठमाडौं, २४ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नियुक्ति दिने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय र बहुमत पुर्‍याउन हस्ताक्षर दिने सभामुख बाबुराम गौतमको कदमविरुद्धको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ ।

गत शुक्रबार प्रदेश प्रमुख खापुङले कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ४७ सांसदको समर्थन जुटाउन नसकेपछि सभामुख गौतमकोसमेत हस्ताक्षर बुझाइएको थियो ।

माओवादी केन्द्रका थर्फबाट सभामुख निर्वाचित भएका बाबुराम गौतमले सभामुखमा निर्वाचित भएकै दिन दल त्याग गरिसकेको कारण सरकार बनाउने र गिराउने खेलमा लाग्नु असंवैधानिक रहेको ठहरसहित निवर्तमान मुख्यमन्त्री हिक्मतकुमर कार्कीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

रिटमा निवर्तमान मुख्यमन्त्री कार्कीका तर्फबाट उनका वारेस पवनकुमार निरौलाले प्रदेश प्रमुखको निर्णय बदर गर्दै संविधानको धारा १६८ को उपधारा ३ अनुसार हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने परमादेश माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्