Logo

कोशी प्रदेश सरकारमा नियुक्त तीन मन्त्रीले लिए शपथ



काठमाडौं,२४ असार । उद्धव थापा नेतृत्को कोशी प्रदेश सरकार विस्तार भएको छ । आज थप तीनमन्त्री नियुक्त गरेका हुन् ।

आज मन्त्री बन्नेहरुमा नेकपा माओवादी केन्द्रबाट जीवन आर्चाय र राजेन्द्र कार्की रहेका छन् भने । नेपाली कांग्रेसबाट रामकुमार खत्री मन्त्रीमा नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाँईसमेत रहेका आर्चाय आर्थिक मामिलामन्त्री नियुक्त भएका छन् भने अन्य मन्त्रीहरुको मन्त्रालय टुंगिएको छैन् ।

यसअघि थापाले कांग्रेसका प्रदीप सुनुवार र नेकपा एसका कमलप्रसाद जवेगुलाई विना विभागिय मन्त्री नियुक्त गरेका थिए ।  नवनियुक्त तीनैजना मन्त्रीहरुले पद तथा गोपनयिताको शपथ लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्