Logo

कोशी सरकार: मन्त्री छनोटमा नेकपा एस असन्तुष्ट,विश्वासको मत नदिने चेतावनी



काठमाडौं,२४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत बिहीबार प्रदेशको पाँचौ मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापाले आज थप तीन मन्त्री नियुक्त गरेका हुन् ।

थापाले आइतबार सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका दुईसहित तीन मन्त्री नियुक्त गरेका हुन् । आज तीन मन्त्री नियुक्त भएसँगै कोशी प्रदेश सरकार मुख्यमन्त्रीसहित ६ सदस्यीय बन्न पुगेको छ ।

थापाले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै नेपाली कांग्रेसका तर्फबाट ओखलढुंगाका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका तर्फबाट कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गरेका थिए । दलहरुबीच भागबन्डामा कुरा नमिल्दा दुबैलाई विना विभागिय मन्त्रीको रुपमा शपथ गराइएको छ ।

त्यस्तै आइतबार पनि थापाले आफ्नो पार्टीबाट एकसहित तीनमन्त्री नियुक्त गरेका छन् । आज नियुक्त हुनेहरुमा कांग्रेसका रामकुमार खत्री र माओवादी केन्द्रमा जीवन आर्चाय र राजेन्द्र कार्की रहेका छन् । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाँईसमेत रहेका आर्चायले महत्वपूर्ण मानिने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउँदा अन्य मन्त्रीभने विना विभागियका रुपमा नियुक्त भएका हुन् ।

तर मुखयमन्त्री थापाले नयाँ मन्त्री नियुक्त गर्दा सहमति उल्लंघन गरेको भन्दै सत्तँ साझेदा अर्को दल नेकपा एकीकृत समाजवादी भने असन्तुष्ट देखिएको छ ।

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि प्रत्येक दलबाट एक एक मन्त्रीमात्रै नियुक्त गर्ने समझदारी भएपनि मुख्यमन्त्री थापाले आज थप मन्त्री नियुक्त गरेको भन्दै नेकपा एस असन्तुष्ट बनेको हो । नेकपा एसका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले यस्तै गतिविधि बढ्दै गए प्रदेश सरकारलाई विश्वासको मत नदिने चेतावनी दिँदै आजको शपथग्रहण समारोह वहिष्कार गरेका छन् ।

९३ सदस्यीय प्रदेश सरकारमा ४६ सांसद र एक सभामुखसहित ४७ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापाको नियुक्ति बदरको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सर्वोच्च अदालत पुगेको छ । एमालेले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्