Logo

शीर्ष नेताको बैठकबाट बाहिरिए ओली र देउवा



काठमाडौं,२४ असार । निरन्तर रुपमा भईरहेको संसद अवरोध हटाउने विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहभागी भएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरोध गरेपछि समाधानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक राखेका थिए ।

बैठकमा के सहमति भएको हो हाईन भन्ने बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रिया दिएनन् ।



प्रतिक्रिया दिनुहोस्