Logo

संसद् सञ्चालनका लागि शीर्ष तीन दलपछि प्रमुख सचेतकहरू बस्दै



काठमाडौं, २४ असार । संसद् अवरोध अन्त्यका लागि केही बेरमा विभिन्न दलहरूका प्रमुख सचेतकहरूको बैठक बस्दैछ।

सभामुख देवराज घिमिरेले संसद गतिरोध अन्त्यका लागि दलहरूका प्रमुख सचेतकहरूसँगको बैठक आफ्नो संघीय संसद भवनमा बोलाएका छन्।

केही बेरमा सुरू हुने बैठकमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीका प्रमुख सचेतकहरूसँग सभामुखले छलफल राखेका हुन्।

यस्तै, सोही विषयमा छलफलका यस अगाडि सिंहदरबारमा शीर्ष तीनदलका नेताहरू बैठक बसेको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार दिएको अभिव्यक्तिको बारेमा स्पष्टीकरण दिएर संसद सञ्चालन गर्ने सहमति भएको थियो।



प्रतिक्रिया दिनुहोस्