Logo

बजेट पारित भएसँगै सरकरालाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री चौधरी



काठमाडौं,२४ असार । गत बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारलाई पूर्णता दिने तयारी थालेका छन् ।

प्रदेश सभाबाट आर्थिक वर्ष २०८०-८१ को बजेट पारित भएसँगै मुख्यमन्त्री चौधरीले सरकार विस्तारको कसरत बढाएका हुन् ।

मुखयमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद्मा हाल तीन मन्त्रालय रिक्त रहेका छन् । खानेपानी, ग्रामीण तथा शहरी विकास, वन तथा वातावरण र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मन्त्री पाउन सकेका छैनन् । मन्त्री नपाएका यी तीनवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैँले सम्हालिरहेका छन् ।

अब बाँकी तीन मन्त्रालयमा कांग्रेस र माओवादी केन्द्रबाट मन्त्री नियुक्त हुनेछन । हाल मुख्यमन्त्रीसहित सात सदस्यीय प्रदेश मन्त्रिपरिषद रहेको छ ।

जहाँ कांग्रेसबाट मुख्यमन्त्री चौधरी र राजु खनाल स्वास्थ्यमन्त्री रहेका छन् । त्यस्तै माओवादी केन्द्रका धनबहादुर मास्की आर्थिक मामिला तथा योजनामन्त्री, लोसपाका सन्तोषकुमार पाण्डे आन्तरिक मामिला तथा कानूनमन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि भूमि व्यवस्थामन्त्री, नागरिक उन्मुक्ति पार्टीका धर्मवीर चौधरी भौतिक पूर्वाधार विकासमन्त्री र जनमत पार्टीका चन्द्रकेष गुप्ता सामाजिक विकासमन्त्री रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्