Logo

प्रतिनिधिसभा बैठक फेरि स्थगित्



काठमाडौं,२४ असार । प्रतिनिधि सभाको बैठक पुनः स्थगित् भएको छ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो तीन बजेसम्मका लागि सारेका थिए।

संसद् बैठक स्थगित् गरेर शीर्ष तीन दलका नेताहरू छलफलमा जुटेका थिए। प्रधानमन्त्री दाहालसँगै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा सदनको अवरोध हटाउने र प्रधानमन्त्रीले स्पष्टीकरणसहित सम्बोधन गर्ने सहमति जुटेको थियो।

शीर्ष नेताहरूबीच सहमति भएपनि संसद् बैठक भोलि(सोमबार) दिउँसो तीन बजेसम्मका लागि स्थगित् गरेको संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारि गरिएको सूचनामा उल्लेख गरिएको छ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आइरहेको छ।



प्रतिक्रिया दिनुहोस्