Logo

विराटनगरमा लाइफ सपोर्ट तालिम सम्पन्न



काठमाडौं, २४ असार । विराटनगर सेन्ट्रल लियो क्लबले नोबेल मेडिकल कलेज विराटनगरसँगको सहकार्यमा लाइफ सपोर्ट तालिम सम्पन्न गरेको छ।

नोबेल मेडिकल कलेजमा आयोजित तालिमको उद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ सी का डिस्ट्रि गभर्नर विजयहरी शर्माले गरेका हुन्।

नोबेल मेडिकल कलेजका डा. रुपक, डा. बन्दना, डा. शुभम, डा. रोशन, डा. पारशमणी, डा. सागर, डा. मोनिका, डा. सन्जय, डा. निलम, डा. शेरिना, डा. शैलेश, डा. राजीव र डा. दिनेशसहितको टोलीले लियोका सदस्यहरूलाई तालिम प्रदान गरेका थिए।

तालिमका बारेमा प्रष्ट पार्दै डा. बन्दनाले कुनैपनि दुर्घटना वा भवितव्य आइपर्दा अपनाउनुपर्ने सामान्य सुरक्षा विधिबारे बताइन्।

विराटनगर सेन्ट्रल लियो क्लबका अध्यक्ष जीवनकुमार यादवले क्लबले जीवन सुरक्षासँग सम्बन्धी विषयमा तालिम प्रदान गरिएको र तालिममा सिकेका सीपहरूलाई आवश्यक स्थानमा प्रयोग गरेर जीवन जोगाउनका लागि लियोहरू खटिनेमा आफू विश्वस्त रहेको बताए।

तालिममा विभिन्न लियो क्लबबाट प्रतिनिधिहरूको उपस्थिति रहेको जिल्ला परिषद् ३२५ सी का कोषाध्यक्ष शिवशंकर मण्डलले जानकारी दिए।

विराटनगर सेन्ट्रल लायन्स क्लबका अध्यक्ष विमल नेपालले लायन्सले आफ्ना लियोहरूको साथसँगै रहेर काम गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्