Logo

सरकार संसदीय समिति र सदन चलाउन जिम्मेवार नदेखिएको एमाले सचिव भट्टराईको आरोप



काठमाडौं,२४ असार । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले सरकार संसद चलाउन र संसदीय समितिलाई पूर्णता दिने जिम्मेवारीबाट टाढा भागेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा यस्तो आरोप लगाएका हुन् ।

‘संसद चलाउने, समितिहरु चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद पनि राम्रोसँग चलिरहेको छैन, यो ६ महिनामा । ४१ वटा बैठक बसेको भएपनियसको प्रभावकारी नतिजा छैन’, उनले भने, ‘संसदको बिजनेस सरकारले नै बनाउने हो, तर सरकारले प्रभावकारी ढंगले बिजनेस दिन सकेको छैन, बजेट, नीति ल्याउनु बिजनेस होइन, नियमित काम हो । समितिहरु भनेको सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने संसदका अंग हुन्, यी समिति नचलोस्, प्रभावहीन होस् भन्ने सरकारको चाहना देखिन्छ, किनभने अहिलेसम्म नेतृत्व छनोट गर्न नसक्नु, यसमा कमजोरी भएको छ । समितिले दिएका निर्देशनहरु नेपाल सरकार र सरकारका निकायहरुले बिना शर्त कार्यान्वयन गर्नुपर्छ, जटिलता छ भने समितिमा आएर बताउनु पर्छ ।’

सांसद भट्टराईले संसदीय समितिले दिएका निर्देशनहरु सरकार र सरकारका निकायहरुले बिनाशर्त कार्यान्वयन गर्नुपर्ने बताए ।  file photo



प्रतिक्रिया दिनुहोस्