Logo

प्रधानमन्त्री प्रचण्डले लाएको आरोप फिर्ता नलिए संसद् चल्न नदिने अध्यक्ष ओलीको चेतावनी



काठमाडौं, २४ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि लगाएको आरोप फिर्ता नलिएसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन्।

आइतबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड र उनको समूहले आफूमाथि गम्भिर आरोप लगाएको र सो आरोप फिर्ता नलिएसम्म संसद् चल्न नदिने बताएका छन्।

प्रधानमन्त्रीको सचिवालय र पार्टी प्रवक्ताले विज्ञप्ति निकाल्दै आफूहरूमाथि गम्भीर आरोप लगाएको र त्यो आरोप फिर्ता नभएसम्म आफूले कुनै सहमति नगर्ने अध्यक्ष ओलीले बताए।



प्रतिक्रिया दिनुहोस्