Logo

आरिफले इमर्जिङ कपमा नाम फिर्ता लिएपछि पवनले पाए मौका



काठमाडौं,२५ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा अलराउन्डर आरिफ शेखले एसीसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार उनले पारिवारिक कारण देखाउँदै उक्त प्रतियोगितका लागि आफ्नो नाम फिर्ता लिएका छन् ।

आरिफले टिमबाट नाम फिर्ता लिएसँगै अब उनको स्थानमा पवन सर्राफलाई टिममा समावेश गरेको क्यानले जनाएको छ ।

प्रतियोगिता श्रीलंकामा यही जुलाई १३ देखि २३ तारिखसम्म सन्चालन हुनेछ । नेपालले जुलाई १४ मा पाकिस्तान ए सँग पहिलो खेल खेल्नेछ ।

नेपाली टोलीमा

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, सोमपाल कामी, देव खनाल, भीम शार्की, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, किशोर महतो, प्रतिश जिसी, पवन सर्राफ, सन्दीप जोरा, सूर्य तामाङ, श्याम ढकाल ।

प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत ए, पाकिस्तान ए र यूएईसँग खेल्ने छ ।



प्रतिक्रिया दिनुहोस्