Logo

एमालेसँग सरकारको मिलेन कुरा,राष्ट्रियसभा बैठक बस्दै नबसी स्थगित्



काठमाडौं,२५ असार । लगातार चार दिनसम्म अवरुद्ध भएको राष्ट्रिय सभाको बैठक आज पनि स्थगित् भएको छ । बिहान ११ बजेर १ मिनेटका लागि बोलाइएको बैठक सूचना टास गरेर स्थगित् भएको हो ।

आजका लागि बोलाइएको बैठक विशेष कारणवश भोली मंगलबार ११।०१ मा बस्ने गरी समय परिवर्तन भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ ।

गत सोमबार काठमाडौंमा आयोजित भारतीय नागरिक सरदार प्रितम सिंहको बारेमा उनकी छोरीले लेखेका पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले पटक पटक सदन अवरुद्ध गर्दै आएको छ ।

एमालेले निरन्तर सदन अवरुद्ध गरेपछि हिजो बिहान बसेको प्रधानमन्त्री दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । छलफलमा सहमति जुटेको भनिएपनि एमालेले पुनः सदन अवरुद्ध गर्ने बताएपछि प्रतिनिधिसभा बैठक पनि आज दिउँसो सम्मका लागि सारिएको छ ।

एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्ने अडान यथावत राखेको कारण आज पनि प्रतिनिधिसभाको बैठक बस्ने नबस्ने निश्चित छैन् ।



प्रतिक्रिया दिनुहोस्