काठमाडौं,२५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनको एक दूरदर्शी नेता भएको बताएका छन् ।
सोमबार बालुवाटारमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ वितरण समारोहमा बोल्दै नेपालले पुष्पलाल नेपालको कम्युनिस्ट आन्दोलनको सिद्धान्त, विचार र दस्तावेजलाई अघि सार्ने नेता भएको बताए ।
‘पुष्पलाल उच्च व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नै काँग्रेस र कम्युनिस्ट दुवै नमिलेर पञ्चायत फाल्न सकिँदैन भन्ने निष्कर्ष निकाल्नु भयो । उहाँको कुरालाई जब निष्कर्षका साथ आत्मसाथ गर्यौँ । तब दुई ठुला वामपन्थी र दक्षिणपन्थी शक्तिहरू मिले । त्यसपछि ३० वर्षको निरङ्कुश पञ्चायतलाई फाल्न सक्यौँ, उहाँलाई एक दूरदर्शी नेताको रूपमा लिन्छौँ । उहाँले कम्युनिस्ट आन्दोलनको सिद्धान्त विचार र दस्ताबेजहरू अघि सार्नुभयो । कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नुभयो ।’ नेपालले भने, । file photo