Logo

विगेन नेपालले मनायो नवौं वार्षिकोत्सवः ५८ वटा थर्मल थेरापी सेन्टरबाट दैनिक १२ हजारभन्दा बढीलाई निःशुल्क सेवा



काठमाडौं, २५ असार । विगेन नेपालले आफ्नो नवौं वार्षिकोत्सव मनाएको छ । विगेन नेपालको सुरुवात २०७२ साल आसार २१ गतेबाट भएको थियो । विगेन नेपालले आजसम्मको यात्रामा ५८ वटा थर्मल थेरापी सेन्टरबाट दैनिक १२ हजारभन्दा बढीलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

विगेन मेडिकल कोरियाले प्राकृतिक स्तरको तर कृतिम तरिकाबाट शरीरलाई आवश्यक FIR  (सूर्यको किरणबाट प्राप्त न्यानोपन) प्राप्त गर्ने र समग्रमा थर्मल थेरापीमार्फत स्वस्थ बनाउने उद्देश्यले अन्वेषण र विकास भएको थर्मल थेरापी प्रविधि हो । थर्मल थेरापीको उपकरण र प्रविधि सन् १९९५ मा दक्षिण कोरियाबाट सुरु भई विश्वका एक सयभन्दा बढी देशमा संचालन भईरहेको छ ।

थर्मल थेरापीको दीर्घकालीन आवश्यकता भएकाहरुले उपकरण खरिद गरेर घरमै लगेर पनि प्रयोग गर्न सक्छन् । उपभोक्तहरुले उपकरण खरिदबाट भएको आम्दानी नै विगेन नेपालको आम्दानीको स्रोत हो । विगेन सेन्टरमै आउनेहरुका लागि भने यो सेवा निःशुल्क रहेको छ ।

विशेष गरी ढाड, कम्मर दुख्ने, प्यारालाईसिस भएका, नसा च्याँपिएका, सक्रिय व्यायाम गर्न नसकी हुने शारिरीक समस्या तथा रोगहरु भएका, शरीरमा तापको कमी हुँदा हुने भिटामिन डी कमीबाट उत्पन्न स्वास्थ्य समस्या भएकाहरुका लागि यो प्रविधि उपयोगी छ । थर्मल थेरापी प्रविधि चाईनिज, जापानिज तथा कोरियनहरुले प्रयोग गर्ने परम्परागत चिकित्सा विधि हो ।

गत असार २३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कम्पनीको नवौं वार्षिकोत्सव कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको थियो ।वार्षिकोत्सव कार्यक्रममा मधेश प्रदेशकाउद्योग, पर्यन तथा वन राज्यमन्त्री रोहवर अन्सारी, नेपाली कांगे्रस,बाागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्ले, का.म.न.पा. वडा १६ का अध्यक्ष मुकुन्द रिजाल, त्यस्तै का.म.न.पा. वडा नं ७ का अध्यक्ष विमलकुमार होडा, कलाकार मदनकृष्ण श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी विशिष्ट व्यक्तिहरुले विगेन नेपालकोे निःशुल्क थेरापी अभियान, उपभोक्ताले स्वास्थ्यका विषयमा अपनाउनु पर्ने सचेतना, आम स्वास्थ्य र थेरापीको महत्वको बारेमा आफ्नो धारणा राख्दै विगेन नेपालको कार्यको प्रशंसा गर्दै आगमी दिनमा पनि सेवालाई निरन्तरता दिन प्रोत्साहनसहित शुभकामना दिएका थिए । विगेन नेपालका संस्थापक एवं कार्यकारी अध्यक्ष प्रकाश श्रेष्ठले संस्थाको स्थापना, विकास र महत्व एवं उपलब्धीको बारेमा प्रकाश पारेका थिए ।

आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विगेन नेपालले कम्पनीको csr अन्तर्गत क्यान्सर पिडित कमला फ्युयाँलको लागि ७५ हजार, स्नेही काख नेपाल मार्फत मानसिक तथा शारिरीक रुपमा अशक्त महिलाहरुको लागि संरक्षण गर्दै आएकी संरक्षक नेहा पोखरेलको लागि सम्मान तथा २५ बजार नगद सहयोग र सामाजिक आचरण र मानव चरित्र निर्माणको क्षेत्रमा आध्यात्मिक चिन्तन र विकास एवं अभ्यास गर्दै आएको संस्था ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नेपालका प्रमुख राज दिदी माँलाई अभिनन्दन गरेको थियो । Photo By: Mukunda Kalikote, Dinesh Chaudhari  / RN 



प्रतिक्रिया दिनुहोस्