काठमाडौं,२५ असार । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो स्वास्थ्य उपचारका लागि विदेश जाँदा लागेको उपचार खर्च नेपाल सरकारलाई भुक्तानीका लागि बुझाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार संघका अध्यक्ष क्षितिज थेवेले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाउँदै मुलुकका राष्ट्रपति, प्रधानमन्त्री लगायत अति विशिष्ट एवं उच्च पदस्थ व्यक्तिहरुको उपचार स्वदेशमै गर्न किन नसकिएको हो ? भन्ने प्रश्न हाम्रा सामु खडा भएको बताएका छन् ।
ध्यानाकर्षण पत्रसँगै युवासंघले भीभीआइपी एवं भीआइपी विरामीहरुको नेपालमै सम्भव हुने उपचार नेपालमै गर्ने व्यवस्था गर्नुपर्ने र नेपालमै सम्भव हुने उपचार विदेश गई गराएमा त्यसको खर्च राज्यले व्यहोर्ने परम्पराको अन्त्य गर्नुपर्ने, सम्पूर्ण स्थानीय तहको स्वास्थ्य चौकीमा एकजना एमबीबीएस डाक्टर दरबन्दीको व्यवस्था अनिवार्य कार्यान्वयन गर्नुपर्ने, एक स्थानीय तह, एक अस्पताल निर्माण कार्य अत्यन्तै ढिलासुस्ती भएकाले अस्पताल निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका ९ वटा मागसमेत अघि सारेको छ ।
यस्तो छ युवा संघले स्वास्थ्यमन्त्री बस्नेतसामु बुझाएको ध्यानाकर्षण र मागहरु