Logo

म संसद् जाँदै छु,सदनमा सम्बोधन गर्छु: प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,२५ असार । दिउँसो तीन बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

आज बसेको तीन दलका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधन गरेर आफ्नो धारणा राख्ने सहमति जुटेको थियो ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै सञ्चारकर्मीलाई भने, ‘म संसद् जाँदै छु । मैले सदनमा सम्बोधन गर्छु ’।

सोमबार तीन दलका शीर्ष नेताबीच छलफल भए पनि बैठक खुलाउनेबारे सहमति भए नभएको आधिकारिक जानकारी आएको छैन । यसअघि एमाले अध्यक्षले यही प्रश्नमा ‘ पार्लियामेन्टमा थाहा हुन्छ ’भन्ने जवाफ दिएका थिए ।

प्रधानमन्त्री दाहालले काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले सदन अवरुद्ध गर्दै आईरहेको छ ।  file photo



प्रतिक्रिया दिनुहोस्