Logo

पुष्पलालको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न सकेनौँ : अध्यक्ष नेपाल



काठमाडौं, २५ असार । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय नेता पुष्पलाल श्रेष्ठको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न नसकेको बताएका छन्।

सोमबार बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहमा बोल्दै अध्यक्ष नेपालले पुष्पलाल दुरदर्शी नेता भएको र उहाँको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न नसकेको बताएका हुन्।

उनले भने, ‘पुष्पलाल नेपालको राजनीतिको एउटा शिखर व्यक्तित्व हुनुहुन्थ्यो। कम्युनिष्ट आन्दोलनको जन्मदाता, सुरुवात कर्ता, संस्थापक मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले नै कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भन्ने निष्कर्ष अघि सार्नुभएको थियो। उहाँको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न सकेनौँ। उहाँ दूरदर्शी नेता हुनुहुन्थ्यो। उहाँका योगदानलाई अझै हामीले युवा पंक्तिको बीचमा पुयाउन सकौँ, उहाँको प्रेरणा लिन उत्प्रेरित गर्न सकौँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot