Logo

२ जना एसईई पास गराउने विद्यालयको कुरा उठाउँदा अध्यक्ष नै उत्रिए नीच हर्कतमा !



काठमाडौं, २५ असार । नवलपरासी पश्चिमको एक विद्यालयले एसईई परीक्षाको नतिजामा २ जना विद्यार्थीलाई उत्तिर्ण गराउन सफल भएको छ।

केही दिन अगाडि आएको एसईईको नतिजामा पल्हीनंदन गाउँपालिका-५ मा रहेको राधाकृष्ण माध्यमिक विद्यालय विशुनपुराका ३७ जना एसईई दिने विद्यार्थीहरूमध्ये २ जना मात्र पास भएका छन्। सो विद्यालयमा गत वर्षको एसईई परीक्षाको नतिजामा पनि १ जना विद्यार्थीमात्रै पास भएको स्थानीयहरूले बताएका छन्।

सो नतिजाको बारेमा त्यहाँका स्थानीय हरिशंकर गुप्ताले फेसबुकमा सो विद्यालयसँग सम्बन्धित व्यक्तिहरूको कडा मेहनतले सो नतिजा आएको व्यङ्गगरि स्टाट्स लेखेका थिए।

सो स्टाट्स देखिपछि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष त्रिलोकी गुप्ताले नीच हर्कतमा उत्रदै विभिन्न आरोप लगाउँदै जवाफ फर्काएको स्थानीयहरूले बताएका छन्।

स्थानीयहरूका अनुसार अध्यक्ष गुप्ताले विद्यालयको नतिजा स्विकार्दै जानुपर्नेमा उल्टै धम्कीपूर्ण भासाहरू प्रयोग गरिरहेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्