Logo

प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति आपत्तिजनक छ :  रवि लामिछाने



काठमाडौं,२५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय व्यापारी सरदार प्रितम सिंहका बारेमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै लामिछानेले प्रधानमन्त्री प्रचण्डबाट गल्ती भएको पुष्टि भइसकेको कारण चित्तबुझ्दो जवाफको माग गरे ।

लामिछानेले संसदमा रास्वपालाई बाइपास गर्न खोजिएकोप्रति आपत्तिसमेत जनाएका छन् । ‘संसदमा जुन किसिमले रास्वपालाई बाइपास गरेर आफ्ना कुराहरु राख्न दिइएन हामी त्यसमा घोर आपत्ति जनाउँदछौं । रास्वपा प्रतिपक्षीको भूमिकामा छ । रास्वपाका प्रतिपक्षमा रहनुकापनि आफ्ना मुद्दा छन् । त्यसकारण रास्वपा अरु दलका मुद्दामा होइन आफ्ना मुद्दा,जो नागरिकका मुद्दा हुन् त्यस मुद्दामा उभिएको छ । आफ्नै स्वतन्त्र अस्तित्वका साथ रास्वपा उभिएको छ । यसबारेमा हेक्का होस भन्ने बारेमा म सदनलाई जानकारी गराउन चाहान्छु ’। उनले भने ।

प्रतिपक्षी दल एमालेले बोलेका कुरानै रास्वपाको करा हो भन्ने भाष्य सिर्जना गरिएकोप्रति आपत्ति जनाउँदै लामिछानेले भने ‘हाम्रा कुरा राख्न नपाउँदै प्रमुख प्रतिपक्षले जे बोल्यो त्यो नै हाम्रो भनाइ हो भन्ने भाष्य सिर्जना गरिओ त्यस्तो जाल साँझीपूर्ण क्रियाकलाप भयो हामीलाई त्यसमा आपत्ति छ । प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति घोर आपत्तिजनक छ । त्यसका सम्बन्धमा प्रधानमन्त्रीले स्प्रष्टीकरण दिनुपर्छ । हामीसहित नेपाली जनताका प्रतिनिधिले चुनेको सदनबाट उहाँ प्रभानमन्त्री बन्नु भएकोबारेमा हामी निर्धक्क थियौं । तर प्रधानमन्त्रीले त छिमेकी राष्ट्रले प्रधानमन्त्री बनाउने सार्वभौम देशको अस्तित्वमा नै खलल् पुर्याउने जून अभिव्यक्ति दिनु भयो त्यो आपत्तिजनक छ ।



प्रतिक्रिया दिनुहोस्