Logo

प्रतिपक्षका सांसदहरुसँग प्रधानमन्त्री प्रचण्डको प्रश्नैप्रश्न



काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिपक्ष दलले आफूलाई संसद्मा स्पष्टीकरण दिने मौका पनि नदिन खोजेको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले प्रतिपक्षले स्पष्टीकरणको पनि मौका नदिई राजीनामा मागेकोमा आपत्ति जनाएका हुन् ।

‘स्पष्टीकरणको पनि मौका नदिई राजीनामा । मैले एकचोटी यो सम्मानीत सदनसमक्ष उभिएर यथार्थ के हो ? कमजोरी भयो भने कहाँ भयो भनेर मैले भन्न पाउनु पर्दैन ? किन तीन दिनसम्म यो सदन अवरुद्ध गरियो ? मैले बुझ्न सकेको छैन । के प्रतिपक्षले राजीनमा माग्नेवित्तिकै दिनुपर्ने हो ? यही हो लोकतान्त्रिक परम्पार र विधि ? प्रतिपक्षले पश्न उठाउनेवित्तिकै प्रधानमन्त्रीलाई स्पष्टीकरणको मौका पनि नदिनु पर्ने हो ?’ प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षसँग प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्