काठमाडौं,२६ असार । लगातार दुई दिनसम्म हेर्न नभ्याईनेमा परेको कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति विरुद्धको रिट आज सुनुवाईका लागि पेसी तोकिएको छ ।
गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुत्ति,बदर गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ ।
आइतबार उक्त रिट न्यायाधीश डा.आनन्दमोहन भट्टराई र सोमबार सुष्मालता माथेमाको एकल इजलासमा परेर पनि सुनुवाई हुन सकेको थिएन ।
मुख्यमन्त्रीमा नियुक्त हुन बहुमत नपुगेपछि थापाले सभामुख बाबुराम गौतमकोसमेत हस्ताक्षर प्रयोग गरेका थिए । दल त्याग गरिसकेको सभामुखलाई सरकार बनाउने खेलमा सामेल गरेको भन्दै चौतर्फी आलोचना भईरहेको छ ।