Logo

मेडिकल व्यवसायी प्रसाईँलाई मार्ने धम्की, काठमाडौंबाट एक जना पक्राउ



काठमाडौं, २६ असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिने एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धन व्युरो (सिआईबी) को टोलीले ज्यान मार्ने धम्की दिने ती व्यक्तिलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ती व्यक्तिले प्रसाईँसँग २० करोड चन्दा मागेका थिए । प्रसाईँले उक्त चन्दा रकम अस्वीकार गर्दा उनलाई ज्यान मार्ने धम्की आएको बताईएको छ ।

(*यस अघिको समाचारमा अन्यथा भएकोले सच्याइएको छ ।) 



प्रतिक्रिया दिनुहोस्

Screenshot