काठमाडौं,असार २६ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टरमा सवार पाँचैजना यात्रु मेक्सिकन रहेको पुष्टि भएको छ ।
उक्त हेलिकप्टरमा सवार ६ जनामध्ये एक जना नेपाली पाईलट बाहेक अन्य सबै यात्रु मेक्सिकन भएको मनाङ एयरले पुष्टि गरेको छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९ एनए एमभी कलसाइन भएको हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरामा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ ।
वेपत्ता हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु रहेको थिए । यसमा पाइलट मात्र नेपाली हुन । file photo