Logo

सम्पर्कविहीन मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको पुष्टि



काठमाडौं,असार २६ । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको पुष्टि भएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९ एनए एमभी कलसाइन भएको हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसको लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त भएको लिखुपपिके ५ का वडा अध्यक्ष ङिमा छिरी लामाले पुष्टि गरेका छन् ।

रिर्पोटस नेपालसँग कुरा गर्दै शेर्पाले भने- ‘त्यहाँ होटल चलाउने एक जनाले फोन गरेर हेलिकप्टर दुर्घटनामा परेको बताएका छन्  । उनले हेलिकप्टर क्षतविक्षत छ भन्ने सूचना दिए । विस्तृत विवरण आएको छैन।’

उक्त हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु रहेको थिए । यसमा पाइलट मात्र नेपाली हुन । अन्यसबै यात्रु मेक्सिकन नागरिक रहेको मनाङ एयरले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्