
काठमाडौं,२६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९-एनए एमभी कलसाइन भएको मनाङ एयरको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
३६ सय ३४ मिटरको उचाइमा हेलिकप्टर दुर्घटना भएको र उक्त ठाउँमा अहिले आगलागी भइरहेको लिखुपिके गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ङिमाछिरी लामाले जानकारी दिए उनका अनुसार हेलिकप्टर क्षतविक्षत अवस्थामा रहेको छ । थप विवरण आउन बाँकी छ ।
मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । भने ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए ।