Logo

एड्भान्स एकेडेमीसँगको सहकार्यमा आफ्ना बन्धुका छोराछोरीलाई निःशुल्क पढाउँदै खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज



काठमाडौं, २६ असार । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज (केबिएस) ले आफ्ना बन्धुका छोराछोरीलाई निःशुल्क अध्ययनको व्यवस्था गरेको छ । केबिएसले कौशिक गोत्रीय / कौशल्य गोत्रीय खप्तडी बुढाथोकी, बुढा क्षेत्री, बुढाथोकी, बिसी, वर्मा बुढाथोकी, कर्मने बुढाथोकी, दधेल बुढाथोकी, खोरले बुढाथोकी, देउवा बुढाथोकी, शौका बुढाथोकी बन्धुका छोराछोरीलाई निः शुल्क अध्ययन गराउनका लागि एड्भान्स एकेडेमी सेकेन्डरी स्कूलसँगको सहकार्य गरेको छ ।

ललितपुरको कुमारीपाटीमा रहेको एड्भान्स एकेडेमीमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्ययन अध्यापन हुने गरेको छ । केबिएसका केन्द्रीय महासचिव राजु बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै उपत्यकामा आई कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा अध्ययन गर्न चाहने बन्धुहरुका छोराछोरीलाई सम्पर्कमा आउन आग्रह गरेका छन् ।

केबिएसको सिफारिसमा एड्भान्स एकेडेमीमा कक्षा ११ र १२ को कुनै पनि संकायमा अध्ययन गर्न चाहनेहरुका लागि सम्बन्धित केबिएस जिल्ला कार्यसमितिको सिफारिस र एसईई परीक्षामा उर्तीण भएको प्रमाणसहित सम्पर्कमा आउन भनिएको छ ।

केबिएस २०५६ सालमा बन्धुहरुको भलाईका लागि स्थापना भएको कौशिक गोत्रीय/कौशल्य गोत्रीय खप्तडी बुढाथोकी, बुढा क्षेत्री, बुढाथोकी, बिसी, वर्मा बुढाथोकी, कर्मने बुढाथोकी, दधेल बुढाथोकी, खोरले बुढाथोकी, देउवा बुढाथोकी, शौका बुढाथोकीहरुको संगठन हो । हालसम्म देशभरका ४५ जिल्लामा केबिएसको कार्यसमिति विस्तार भइसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot