Logo

सत्तापक्षकै सांसदको प्रश्न: देउवा,महत र प्रचण्डको जिल्लामा गएको बजेट सच्चिएर आयो ?



काठमाडौं,२६ असार । राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सत्तापक्षकै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीकी सांसद जयन्तीदेवी राईले आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेट व्यक्ति केन्द्रीत भएको टिप्पणी गरेकी छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा आफ्नो धारणा राख्दै राईले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा,वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा.प्रकाशशरण महतको निर्वाचन क्षेत्रमा परेको बजेट सच्चिएर आएको हो ? भन्दै प्रश्नसमेत गरेकी छन् ।

राईले तीन जिल्लामा विनियोजन भएको बजेट सच्चिएर नआएसम्म बजेट सन्तुलन नहुने दाबी गरेकी छन् ।

‘अहिले हामीले बजेट हेर्ने हो भने त्यो आशावादी बन्नसक्ने अवस्था छैन। अहिले पनि बजेट सन्तुलित छैन, व्यवहारिक छैन, केन्द्रिकृत छ, आत्मकेन्द्रित छ, । अहिले पनि यो बजेट निर्वाचन क्षेत्रलाई जोगाउने र फेरि मन्त्री, सांसद हुने सपना बोक्ने किसिमको मात्रै छ,। उनले भनिन् जनताको लागि भन्दा पनि आत्मकेन्द्रित हुने नै बजेट छ । हामीले पहुँचका आधारमा नभइ आवश्यकताका आधारमा बजेट विनियोजन होस् भनेका छौँ,। तर तीन जिल्लाको कुरा मात्रै आए, सच्चिएर आयो कि आएन? प्रधानमन्त्री, निवर्तमान प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा गएको बजेट सच्चिएर आयो कि आएन ?।



प्रतिक्रिया दिनुहोस्