काठमाडौं,२६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले ७० वर्षे उमेरहद हटाएको बारेमा विरोधीहरुले अनावश्यक बखेडा झिकेको बताएका छन् ।
मंगलबार एमाले बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकलाई सम्बोधन गर्दै ओलीले अन्य कुनैपनि दलमा उमेरहदको व्यवस्था नहँदा पनि हुने तर एमालेले केही बाधा व्यवधानका कारण उक्त नियम निलम्बन गरिएको अनावश्यक बखेडा झिक्न जरुरी नरहेको बताए ।
‘एमालेले ७० वर्ष हटायो भनेर विरोधीले रुवाबासी गरेका छन् । एमालेले ७० राख्यो कि हटायो तिनीहरूलाई के चासो ? एमालेको विरोध गर्नुपरेको छ । कांग्रेसले उमेरहद राखेको छैन । यस पार्टीमा बालबालिकादेखि वृद्धवृद्धा सम्मको समर्थन छ,’ओलीले भने ।
सक्रिय हुन सक्ने पार्टीमा काम गर्न पाउनुपर्ने उनको धारणा छ ।सक्रिय हुन सक्छ, काम गर्नुपर्छ । काम गरिराखेको मान्छे ७० पुग्यो भनेर पार्टीमा बस्न नपाउने ? ७० वर्ष भन्या कति हो र ? म दुईपटक ट्रान्सप्लान्ट गरेको मान्छे ।उमेरहदले निष्क्रिय गर्छ,ओलीले भने ।