काठमाडौं, २६ असार । प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राना नेतृत्वको संसदीय टोली चीनको Eco Forum Global Guiyang–2023 कार्यक्रममा सहभागी भएर नेपाल फर्किएको छ ।उपसभामुख राना नेतृत्वको टोली असार २३–२४ गते चीनको Guiyang प्रान्तमा भएको उक्त कार्यक्रममा सहभागी भएर हिजो (सोमबार) राती स्वदेश फर्किएको हो । उपसभामुख रानासहितको नेपाली टोलीलाई Guiyang मा प्रदेशका सरकार र पार्टीका नेताहरुले भेट तथा स्वागत गरेका थिए ।
उपसभामुख रानाले उक्त कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गरेकी थिईन् । रानाले नेपालको पर्यावरणीय अवस्था, जलवायू परिवर्तन र त्यसको असरलगायतका विषयमा सम्बोधन गरेकी थिईन् ।
उद्घाटन सत्रको प्रमुख वक्ता जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटव्यूरो सदस्यLiu Guozhong थिए ।
कार्यक्रमलाई गिनीका उपराष्ट्रपति र मलेसियाका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीले पनि सम्बोधन गर्दै आफ्नो धारणा राखेका थिए । कार्यक्रमको मुख्य सत्रमा नेपाली संसदीय प्रतिनिधि मण्डलले Implementing Global Development Initiative, Facilitating Green and Low–carbon Development शीर्षकको छलफलमा भाग लिएको थियो । उक्त सत्रमा नेपालको तर्फ उपसभामुख रानाले नेपाल चीन सम्बन्ध, पर्यावरण संरक्षणका लागि नेपालले गरेका प्रयास र त्यसका लागि मित्र राष्ट्र चीनले गर्न सक्ने सहकार्य, हिमालय क्षेत्रमा बसोबास गर्ने मानव समुदायको जिविकोपार्जनका लागि गर्न सक्ने सहयोग लगायतका विषयमा मन्तव्य राखेकी थिईन् ।
औपचारिक समारोहको समापनपछि नेपाली प्रतिनिधि मण्डलका सदस्यहरुले Guizhou को जिओलोजिकल म्यूजियम, राष्ट्रिय डाटा सेन्टर, Qingyan प्राचीन सहर, Guanshanhu Dristrict Ecological Civilization Exhibition Hall, Liuguangmen Reclaimed Water Plant, Jiaxiu Pavilion को अवलोकन भ्रमण गरेका थिए । भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरु मैना कार्की, भगवती चौधरी, डा.चन्दा कार्की भण्डारी र संघीय संसद सचिवालयका उपसचिव विमलराज जोशी सहभागी थिए ।