Logo

ललिता निवास प्रकरणमा पक्राउ परेका १४ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं,२६ असार । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका १४ जना थप दिन हिरासतमा रहने भएका छन् ।

यस प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १४ जनालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले दिएको हो।

प्रहरीले यस प्रकरणमा संलग्न भएको आरोपमा मंगलबार मात्रै मालपोत कार्यालयका डिल्लीबजारका तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot