Logo

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइयो, पोष्टमार्टम गरिंदै



काठमाडौं,२६ असार । बिहान भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाएका सबै ६ जनाको शव काठमाडौं ल्याइएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार शव काठमाडौं शिक्षण अस्पतालमा लगिएको छ । सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको-९ एनए एमभी कलसाइन भएको मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार सबै ६ जनाको निधन भएको थियो ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ साविक भकान्जे गाविसस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकप्टरमा सवार सबै ६ जनाको शव प्रहरीले फेला पारेको थियो ।

मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको थियो ।

उक्त हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यात्रु सबै मेक्सिकन नागरिक हुन् ।



प्रतिक्रिया दिनुहोस्