Logo

अदालतको अवहेलनामा बालेनले पाएनन् वारेस राख्ने सुविधा



काठमाडौं, २६ असार । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई अदालतको अवहेलना मुद्दामा वारेसको सुविधान दिन अस्विकार गरेको छ । महानगर प्रमुख शाहले वारेसको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फूयालको संयुक्त इजालसले वारेसको सुविधा दिन अस्विकार गरेको हो ।

मेयर शाहले भारतीय सिनेमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाएपछि पाटन उच्च अदालतमा मुद्दा परेको थियो । उक्त मुद्दाको फैसलामा महानगरलाई चलचित्र प्रदर्शनमा रोक नलगाउन आदेश दिएको थियो । बालेनले उक्त आदेश नमान्ने भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।

मेयर शाहको सोही टिप्पणीका आधारमा अधिवक्ता वर्षा कुमारी झाले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्