Logo

मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रचण्ड, जनमतबाट को बन्दैछ मन्त्री ?



काठमाडौं,२६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकरमा सहभागी गराउन उनले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् ।

जनमतले प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीको नामसमेत बुझाइसकेको छ । जनमतबाट समानुपातिक सांसद अनितादेवी साहलाई मन्त्री बनाउन सिफारिस गरिएको बताइएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैकठमा पनि जनमतलाई सरकारमा ल्याउनेबारे छलफल भएको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनमतलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भएको बताईन् ।

‘अहिले यसबारे सकारात्मक छलफल भइराखेको छ । ठ्याक्कै निष्कर्षमा पुगेको छैन,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot