Logo

गृहमन्त्रालयद्धारा सीता दाहालको राजकीय सम्मानसहित अन्तेष्टि गर्न सिफारिस



काठमाडौं,२७ असार । गृहमन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्नको लागि सिफारिस गरेको छ ।

दाहालको राजकीय सम्मानसहित अन्तेष्टि गर्नका लागि गृह मन्त्रालयको सिफारिस गरिएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठक बस्न सकेमा बस्ने यदि बस्न सकेन भने पछि पारित गर्ने गरि राजकिय सम्मानसहित अन्तेष्टि गरिने मन्त्रालयले जनाएको छ ।

प्रचण्ड पत्नी दाहालको बिहान ८ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्