Logo

सीता दाहालको निधनमा माओवादीले सबै कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाउने



काठमाडौं,२७ असार । नेकपा (माआवादी केन्द्र)ले पार्टीका सल्लाहकार एवं पार्टी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति पार्टीका कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

आज पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आज र भोलि झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देव गुरुङले बताए ।

त्यस्तै माओवादी केन्द्रले बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरेको छ ।

आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकी दाहाको शव श्रद्धाञ्जलीका लागि अहिले पार्टी कार्यालय कोटेश्वरको पेरिसडाँडामा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्