Logo

मातृ वियोगमा भावविह्वल दुई छोरी, सम्हाल्ने कोशिसमा प्रचण्ड (फोटोफिचर)



काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ । आज (बुधबार) विहान ८ः ३३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । स्वर्गीय सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि अहिले कार्यालय पेरिसडाँडामा राखिएको छ ।

श्रध्दाञ्जलीका लागि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा उनको पार्थिव शरीर राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने बताइएको छ । सीता पार्टीको सल्लाहकारसमेत हुन् । उनको निधनसँगै प्रधानमन्त्री प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन् । यसअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानु र एकमात्र छोरा प्रकाशलाइ गुमाएका थिए ।

प्रचण्डका दुई छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनिसँगै रहेका छन् । मात्रृ वियोगमा उनीहरु भावविह्वल छन् ।

 



प्रतिक्रिया दिनुहोस्