Logo

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक



काठमाडौं, २७ असार । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक आगामी साउन २ गते दिउँसो १ बजे वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि भनिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि कांग्रेसले आज बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित गरेको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षदेखि बस्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्